arrow

विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ – शिक्षामन्त्री पौडेल

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
Education-ministry.jpg.jpeg
चितवन । शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा रहेको विवाद छिट्टै टुङ्गिने बताएका छन् ।  
 
प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आयोगले काम गरिरहेको र छिट्टै प्रतिवेदन आएपछि विवाद टुङ्गोमा पुग्ने बताए । 
 
विश्वका विभिन्न देशमा एकै ठाउँमा दुई वटा विश्वविद्यालयका कार्यक्रम सञ्चालन भएको भन्दै उनले दुवै विश्वविद्यालयलाई एकै ठाउँमा सञ्चालन गर्न सक्ने विषयमा पनि अध्ययन भइरहेको उल्लेख गरे । 
 
त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरण गर्ने वा दुवै विश्वविद्यालय एकै ठाउँमा सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको मन्त्री पौडेलले बताए । 
 
यस वर्ष त्रिभुवन विश्वविद्यालयले रामपुरमा भर्ना लिने जनाएपछि दुई विश्वविद्यालयका बीचमा विवाद अझै चुलिएर गएको छ । 
 
उनले आउँदो शैक्षिक सत्रमा समयमै विद्यार्थी समक्ष पुस्तक पु¥याउने गरी काम भइरहेको बताए । कक्षा १ को पुस्तक रङ्गिन गरिने र कक्षा १० को पाठ्यक्रम परिवर्तन हुने हुँदा ती दुई कक्षाका बाहेक अन्य कक्षाका पुस्तक छापिने काम भइरहेको उनले जानकारी दिए ।
 
हरेक क्षेत्रमा विश्वविद्यालय बनाउने सरकारी योजनाअनुरुप क्षेत्र नं २ मा राजर्षि जनक विश्वविद्यालय खोल्ने तयारी सरकारले गरिरहेको उनले बताए । 
 
निर्वाचनसम्बन्धी ऐन बनाउने काम द्रुत गतिमा भइरहेको र कात्तिक मसान्तभित्रमा पुनःसंरचना आयोगको प्रतिवेदन आएमा चैत महिनाभित्रमै स्थानीय निकायको निर्वाचन गर्न सकिने उनले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ