arrow

विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की, विपक्षहरु सभामुखकोसमेत हस्ताक्षर लिएर प्रमुखकोमा जाने तयारीमा

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असार १५ शुक्रबार
hikmatkumar-karki-koshi.jpg

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले विश्वासको मत लिँदैछन् । प्रदेश सभाको बैठक आज झण्डै एक घण्टा ढिला गरी शुरू भएपछि मतदान प्रक्रिया थालिएको हो ।

त्यसअघि मुख्यमन्त्रीले जवाफ दिएका थिए । बिहीबार बसेको बैठकमा मुख्यमन्त्री कार्की केही समयका लागि भन्दै संसद् बाट निस्केर नफर्किएपछि बैठक बिहान ११ बजे सम्मलाई स्थगित गरिएको थियो ।

विपक्षी गठबन्धनको मत परीक्षण गर्नका लागि पनि मुख्यमन्त्रीले विश्वासको मत लिने उनको भनाइ छ । विपक्षी गठबन्धनको साथमा बहुमत नरहेको दाबी एमालेले गर्दै आएको छ ।

विपक्ष दलहरू भने सभामुखकोसमेत हस्ताक्षर लिएर प्रदेश प्रमुखकोमा जाने तयारीमा छन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ