काठमाडौं। नेपालको पहिलो निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेड लगातार दोस्रो वर्ष फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ अवार्डबाट सम्मानित भएको छ। यो प्रख्यात पुरस्कार एनसेललाई अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गरेको हो।
यो पुरस्कार फ्रोस्ट एण्ड सलिभनले प्रदान गर्ने एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप–समुह अन्र्तगत पर्दछ । यसले एशिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवन निर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा र सूचना तथा संचार प्रविधि लगायतका क्षेत्रहरुमा हजारौ कम्पनीहरु मध्य सबैभन्दा राम्रो अभ्यास गर्दै आएको लाई यो सम्मान प्रदान गर्दछ।
ग्राहक संख्या, मोबाईल सेवाको आम्दानी, प्रति ग्राहक मिश्रित औषत आय, प्रति ग्राहक आयको वृद्घि, सेवा अथवा व्यवसायमा नविनता लगायतका बजारमा कम्पनीहरुको वास्तविक विविध सुचकहरुको आधारमा कडा मापढण्ड भित्र रहेर पुरस्कार पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको थियो ।
एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स् भन्छन्, “हामी कृतज्ञ छौ । ग्राहकमा ध्यान केन्द्रित गर्दै उनीहरुको विभिन्न संचार सेवाको आवश्यकताहरुलाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक अन्र्तराष्ट्रिय रुपमा सम्मान पाएको छ । फ्रोस्ट एण्ड सलिभनले अवार्ड दिनका लागि कठिन प्रद्घति अपनाउछ र यो सफलता एनसेललको उदाहरणीय समग्र विकास र उत्कृष्ट कार्य पद्धतीको प्रमाण हो । यो देशको सामाजिक आर्थिक सवृद्घीका लागि कडा परिश्रम गर्ने हाम्रा सबै कर्मचारीहरुको मेहेनतको नतिजा हो ।
“लगातार दोस्रो वर्षको यो सम्मानबाट प्रात्साहित एनसेल, आफ्नो नेटवर्कमा महत्वपुर्ण सुधार ल्याउन र अझ थप नविन सेवाहरु देशैभर पुर्याउन प्रतिवद्ध छ । हामी नेपाली जनतालाई निरन्तर रुपमा उत्कृष्ट र दिगो सेवा प्रदान गर्न कतिवद्घ छौ ।”
एनसेलको बारे
एनसेल प्रा.लि.ले नेपालमा सन् २००४ देखि देशको पहिलो निजी मोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ । हामी स्थानीय अनुभूतिसहित अन्तर्रा्िष्ट्रय गुणस्तरको सेवा उपलब्ध गराउँछौं । हाम्रा अधिकांश कर्मचारीहरू नेपालीहरू नै हुन र हाम्रा सेवाहरू स्थानीय समुदायको आवश्यकतालाई पूरा गर्ने गरी तयार पारिएका छन्।
हामी नेपालका सबै जनतालाई आफ्नो नेटवर्क मार्फत उच्च गुणस्तरीय, आधुनिक र सुलभ सेवाको पहूँचमा ल्याउन र आफ्ना ग्राहक तथा साझेदारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न निरन्तर लागिरहेका छौ ।
चैत २९, २०७२ आजीयाटा ग्रुप बर्हादले रेनल्डस होल्डिको सत् प्रतिशत सेयर खरिदसँगै एनसेल आजीयाटा ग्रुपसँग आबद्ध भएको हो जसको एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको छ । आजीयाटाको साथमा, एनसेलले आफ्नो उच्चस्तरीय सेवाको संजाल फैलाउदै र अति विकट ठाँउका जनताहरुलाई समेत संचार सेवाको पहुँच भित्र ल्याउदै, देशको आर्थिक र पुर्वाधार विकासमा योगदान पुर्याउदै आएको छ।
एनसेल नेपालको सबैभन्दा ठूलो करदाता रहेको छ । हाल कम्पनीले करिब १ करोड ४० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ भने करिब ४० हजार नेपाली हामीसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा काम गरिरहेका छन् । एनसेलले देशमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ।
फ्रोस्ट एण्ड सलिभन एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास अवार्ड २०१६ बारेमा
फ्रोस्ट एण्ड सलिभन एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास अवार्ड २०१६ सिङगापुरमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो जहाँ एशिया प्रशान्तमा रहेका उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गरिन्छ । यस कार्यक्रमले एशिया प्रशान्तमा पर्ने अटोमोटिभ, एनर्जि, उर्जा, भवन निर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा, सुचना तथा संचार प्रविधि तथा लजिस्टिक्स सम्बन्धित क्षेत्रका थुप्रै उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गरिसकेको छ।