arrow

वी.पी. प्रतिष्ठानमा ५ बजे सम्म ओपिडि सेवा सञ्चालन हुने

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
bp-hospital.jpeg
धरान। धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब अपरान्ह ५ बजे सम्म ओपिडि (वहिरङ) सेवा सञ्चालन हुने भएको छ। यस अघि जेनेरल ओपिडि बाहेक अन्य ओपिडिहरु १ बजे सम्म मात्र सञ्चालन हुने गरेको थियो। नेपाल सरकार स्वास्थ्य मन्त्रालयवाट स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी संस्थाहरुले अपरान्ह ५ बजे सम्म बहिरंग सेवा उपलब्ध गराउन निर्देशन भई आएको हुंदा सोही निर्देशन बमोजिम सेवा सुचारु गर्न सम्बन्धित विभागहरुलाई अनुरोध गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. अरविन्द कुमार सिन्हाले बताए।
 
छाला, नाककान घांटी, मेडिसिन, बच्चा, हाडजोर्नी, आंखा र एनेस्थेसिया सम्बन्धि केही रोगहरुको सम्बन्धमा भने प्रतिष्ठानले अपरान्ह २ बजेपछि क्गउभच क्उभअष्बतिथ ऋष्लिष्अ सञ्चालन गरी विशेषज्ञ सेवा दिंदै आएको थियो। अब भने अपरान्ह १ बजे सम्म जुन रुपमा ओपिडि सेवा सञ्चालन हुने गरेको छ सोही अनुरुप अपरान्ह ५ बजे सम्म सञ्चालन हुने भएको छ। प्रतिष्ठानमा मन्त्रालयको निर्देशन कार्तिक १ गते बाटै कार्यान्वयनमा आएको र यसवाट विरामीहरुलाई स्वास्थ्य उपचार लिन धेरै सहज हुनुका साथै ठूलो राहत पुग्ने प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए।
 
मन्त्रालयवाट प्रतिष्ठान सहित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महावौद्ध, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौंलाई उक्त निर्देशन भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ