arrow

गर्मीमा छाँगावरोहणको मज्जा [फोटोफिचरसहित]

logo
मनिष अर्याल,
प्रकाशित २०८० असार १६ शनिबार
canoning-2080-03-16 (10).jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

गर्मी बढेसँगै गर्मी छल्न मानिसहरु पानीमा खेल्न मन पराउँछ्न् । र्याफ्टिङ्ग,पौडी खेल्न, क्यानोनिङ गर्न मान्छेहरुको भीड लाग्छ । यीमध्ये क्यानोनिङको ट्रेन्ड पनि नेपालमा बढ्दै गएको छ ।

नुवाकोटको ककनी गाउँपालिका - ४ स्थित फुङफुङ्गे झरनामा यही असार १० गते आइतबार क्यानोनिङ मेला लाग्यो । सोही झरनामा असार ३ देखि १० गतेसम्म स्थानीयलगायत पर्वतीय पर्यटनमा कार्यरत पथप्रदर्शकहरुको २५ जना युवा-युवतीको समूहले परिचयात्मक क्यानोनिङ गाइड तालिम पनि लिइरहेका छन् ।

नेपाल पर्यटन बोर्डको प्रायोजन, ककनी गाउँपालिकाको आयोजना र नेपाल क्यानोनिङ संघको सहआयोजनामा कार्यक्रम भएको थियो ।

काठमाडौँदेखि करिब २८ किलोमिटरको दूरीमा रहेको ककनी राजधानी नजिकको पर्यटकीय गन्तव्य हो । ककनी सेरोफेरो साहसिक गतिविधिमा रमाउन चाहने आन्तरिक तथा वाह्य पर्यटकको लागि उपयुक्त स्थल रहेको नेपाल क्यानोनिङ संघका अध्यक्ष राजेन्द्र लामाले बताए । 

साहसिक खेल मन पराउनेहरुलाई ककनीको सेरोफेरोमा रहेको फुङफुङे, सिस्नेरी , जलजले, लौके, सनछहरे, ठुल छहरे , महभीर लगायतका झरनाहरुमा हप्तौँदिनसम्म क्यानोनिङको मज्जा लिन सकिनेसमेत उनले जनाकारी गराए ।
 
पछिल्लो समय ककनी साहसिक पर्यटकीय गन्तब्यको केन्द्रको रुपमा विकसित हुँदैछ। यहाँ लोकल उत्पादन जस्तै ट्राउट् माछा, स्ट्रवेरी, हरियो सागसब्जी प्रशस्त उब्जनी हुन्छ । 

पर्यटकहरुले स्थानीय परिकार सेवन गर्दै अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङताङ, जुगल, दोर्जेलाक्पालगायत दर्जनौँ हिमालको अवलोकन पनि गर्न सक्छन् ।
  
क्यानोनिङ एक साहसिक खेल 'एड्भेन्चर स्पोर्टस' हो । जसलाई तालिम प्राप्त अनुभवी व्यवसायिक गाइड र उपयुक्त सुरक्षित उपकरणहरुको आवश्यक पर्दछ ।    

के हो क्यानोनिङ ?
क्यानोनिङ डोरीको सहयोगमा तुर्लुङ्ग झुण्डिएर झरनामा भिज्दै, छाँगामा चिप्लिँदै र दहमा पौडिदै खेलिने साहसिक खेल हो। यसका लागि झरनाको शिरमा एंकर गाडिन्छ । 

त्यसमा डोरी अड्काइन्छ । गाइडको निर्देशनमा त्यही डोरी समातेर पानीमा रुझ्दै तल झर्नुपर्छ । नेपालमा झरनामा खेल अभ्यास हुन थालेपछि क्यानोनिङलाई नेपालीमा ‘छाँगावरोहण’ पनि भनिन्छ । 

क्यानोनिङ गर्दा आँट, दिमाग र धैर्यता चाहिन्छ जसको लागि विशेष पोशाक र जुत्ता लगाइन्छ । हार्नेस लगाएर फिगरएट, क्याराभेनर र जुमरको सहायताले डोरीबाट ओर्लिने गर्दछ । 

फिगरएटले डोरीलाई सघाउँछ, क्याराभेनर डोरी र कम्मरमा बाँधिन्छ । खेलाडीको हातमा ब्रेक हुन्छ जसले आफ्नो गति नियन्त्रण वा झरनामै रोकिएर भिझ्दै रमाइलो गर्न क्यानोनर आफैँले ब्रेक लगाउन सक्छ ।

क्यानोनिङ गर्नुअघि गाइडहरुले कसरी खेल्ने भनेर सिकाउँछन् । जब डोरी समातेर ओर्लिन शुरु हुन्छ, शुरुमा केही डर हुन्छ । विस्तारै आत्मविश्वास बढ्छ। रोमाञ्चक अनुभूति मिल्दछ । फेदमा पुगेपछि सफलता हासिल गरेकोले चरम आनन्दको महसुस हुन्छ । 

सम्भावना
अमेरिका, युरोप र एसियाका विभिन्न देशमा यो खेललाई 'एडभेन्चर हिलिङ' का रुपमा प्रवर्धन गरिएको छ। क्यानोनिङले तनावबाट मुक्ति, आत्माविश्वास बढाउँछ र पानीको वहावले आनन्द मिल्छ।'

नेपाल क्यानोनिङ संघले नेपालका करिब चार दर्जन झरनामा क्यानोनिङको सम्भाव्यता अध्ययन गरिसकेको छ। काठमाडौंको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, लम्जुङको मर्स्याङ्दी भ्याली, काभ्रेको तेमाल, सिन्धुपाल्चोकको भोटेकोशी, धनकुटाको नमस्ते झरना, चितवनको जलजले, ओखलढुंगाको पकवली , धादिङको थाक्रे लगायतका झरनाहरुमा सम्भाव्यता अध्ययन गरिसकेको छ।

त्यस बाहेक स्याङ्जा, पर्वत , मनाङ र सोलुमा पनि क्यानोनिङको सम्भावना रहेको संघका अध्यक्ष लामा बताउँछन् । 

झरनै झरनाको देश नेपालमा क्यानोनिङ 'छाँगावरोहण' खेलको प्रचुर सम्भावना रहेको लामा बताउँछन् । 

क्यानोनिङको विकास गर्न सके नेपालको गाउँगाउँमा पर्यटनको माध्यमद्वारा युवाहरुलाई रोजगार प्रदान गरी मनग्य आम्दानी गर्न सकिन्छ । (नेपाल फोटो लाइब्रेरी)

canoning-2080-03-16 (1).jpg
canoning-2080-03-16 (2).jpg
canoning-2080-03-16 (3).jpg
canoning-2080-03-16 (4).jpg
canoning-2080-03-16 (5).jpg
canoning-2080-03-16 (6).jpg
canoning-2080-03-16 (7).jpg
canoning-2080-03-16 (8).jpg
canoning-2080-03-16 (9).jpg
canoning-2080-03-16 (10).jpg
canoning-2080-03-16 (11).jpg
canoning-2080-03-16 (12).jpg
canoning-2080-03-16 (13).jpg
canoning-2080-03-16 (14).jpg
canoning-2080-03-16 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ