विराटनगर । विराटनगर । टाउकोमा बाकस बोक्नु पेशा । व्यापार दुवै । मोरङको मधुमल्लामा बाकस विक्रि गर्दै हिडेका व्यापारी ।
सिजन पारेर भारतबाट आउने गरेका व्यापारी यसरी बाकस बोकेर गाउँ गाउँ चहार्छन् । बाकस विक्रि गरी जीवन धान्दछन् ।
हरेक वर्ष सीमावर्ती गाउँहरुमा आएर व्यापार गर्ने क्रम चलिरहन्छ । समूहमा आउने कालिगडले बजारमा बसेर बाकस बनाउँछन् ।
विक्रिका लागि केहीलाई गाउँगाउँ पठाउँछन् । यसरी व्यापारीहरुले सिजनल व्यापारबाट मनग्य आम्दानी गर्दछन् ।