arrow

गगनले सोधे- एउटै नेता पाँच छ पटक प्रधानमन्त्री भएको देश नेपाल बाहेक कहीँ छ ? (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
gagan-dolkha-program.JPG

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसारमै पाँच छ पटक प्रधानमन्त्री भएको देश नेपाल बाहेक कहीँ नभएको बताएका छन् ।  नेपाली कांग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले  यस्तो बताएका हुन् । उनले एउटै व्यक्ति पाँच छ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरू आज एकसाथ सङ्कटमा पर्न गएको पनि बताए । 

उनले भने, ‘संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताइदिनुस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन । नेपालमा आज किन पुरानो पार्टी सङ्कटमा छन्, थाहा छ ? कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ सङ्कटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरू खास गरी पार्टीहरू जमेको पोखरी जस्तो भयो । कुनै व्यक्तिको दोष होइन । तर यस्तो कहीँ हुन्छ ? २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन ।'

महामन्त्री थापाले कांग्रेस सकियो भनेर नआत्तिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ