काठमाडौं । महानगरपालिकाको वडा कार्यालयमा मुचुल्का उठेपछि सर्वोच्चको टोली अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न हिँडेको छ ।
कार्कीको मध्य बानेश्वरस्थित घरमा सर्वोच्चको नयाँ टोली वडा कार्यालयबाट म्याद टाँस्न हिँडेको हो । टोली कार्कीको घरमा सूचना टाँस्न नपइए सार्वजनिक स्थानमै भएपनि सूचना टाँस्ने तयारीका साथ टोली गएको सर्वोच्च स्रोतले जनाएको छ ।
यद्यपि, आफूलाई वडा नागरिक मञ्चका पदाधिकारी बताउने केही युवाले कार्की सो घरमा नबस्ने हुँदा म्याद टाँस्न नदिने चेतावनी दिएका छन् ।
बिहानस र्वोच्चको टोलीलाई सामसङ कम्पनीका कर्मचारी बताउने समूहले म्याद टाँस्न रोकेको थियो । सो समूहको अवरोधपछि सर्वोच्चको टोलीले आफ्नो प्रशासनलाई जानकारी गराएको थियो ।