arrow

भारत ‘ब्रिक्स’ लाई भ्रममा पारी काश्मिर क्रुरता लुकाउन खोज्दै छ : पाकिस्तान

logo
प्रकाशित २०७३ कार्तिक १ सोमबार
modi-new-ttt.jpeg
काठमाडौं । भारतले ब्रिक्स सदस्य राष्ट्रहरुलाई भ्रममा राख्दै जम्मु र काश्मिरमा आफुले गरेको क्रुरता लुकाउन खोजेको आरोप पाकिस्तानले लगाएको छ । गत जुलाई देखि काश्मिरमा प्रदर्शनका क्रममा ८० जनाको मृत्यु भइसकेको छ । 
 
प्रधानमन्त्री नवाज सरिफका वैदेशिक नीति सल्लाकार सर्ताज अजिजले भारत प्रशासित काश्मिरका मानिसहरुलाई भारतले आत्म संकल्पका लागि मौलिक अधिकारको माग गर्दै जाति संहारको विषय बनाएको आरोप लगाएका छन् ।
उनले आतंकवादको आलोचना गर्न पाकिस्तान स्वयँ पनि ब्रिक्स र बिमेस्टेकका सदस्यहरुसँग जोडिने बताए ।  
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सम्मेलनमा आफ्नो धारणा राख्ने क्रममा आतंकवादको स्रोत पाकिस्तान भएको बताएपछि पाकिस्तानले यस्तो कडा प्रतिक्रिया जनाएको हो । 
 
मोदीले आतंकवादको स्रोत भारतको छिमेकी रहेको बताउँदै आंतकवादविरुद्ध ब्रिक्स सदस्यहरुले एकै आवजमा कुरा गर्नुपर्ने भन्दै सबै ब्रिक्स सदस्यहरुलाई आग्रह गरेका थिए । काश्मिर अहिले भूराजनीतिक भुमरीमा परेको छ । –एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ