arrow

कोशी प्रमुखले नयाँ सरकार गठनका लागि गरे आह्वान, दलहरुलाई चार दिनको समय

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
parshuram-khapung-koshi-niti-tatha-2080-02-31.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन् । 

खापुङले नयाँ सरकार गठनका लागि चार दिनको अर्थात् असार २१ गते साँझ ५ बजे सम्मको समय दिएका छन् । प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो । 

यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुनुपर्ने दाबी गर्दै आएको थियो ।  

शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि कार्की नेतृत्वको सरकार ढलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ