एन्फिल्ड । इङलिश प्रिमियर लिग फुटबलको बहुप्रतिक्षित खेलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले बराबरीको खेल खेलेका छन् ।
लिभरपुलको मैदान एन्फिल्डमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
खेलमा म्यानचेष्टरका गोलकिपर डेभिड डे गियाले उत्कृष्ट बचाउ गरेका थिए । उनले दुई उत्कृष्ट बचाउ गरेसंगै खेल गोलरहित बराबरीमा सकिएको हो ।
उत्कृष्ट बचाउ गर्ने क्रममा गियाले फिलिप्पे कौटिन्होको आकर्षक प्रहारलाई गोलमा परिणत गर्न दिएनन् ।
त्यस्तै गियाले इम्रे कानको प्रहारलाई पनि निस्तेज पारिदिए । यो खेलमा गिया नै एकमात्र नायक ठहरिए ।
खेलका क्रममा चार म्यानचेष्टर युनाइटेडका खेलाडीले पहेंलो कार्ड खाँदा लिभरपुलका एक खेलाडीले पनि सो कार्ड खानु परेन ।
यो बराबरीले लिभरपुल म्यानेजर योर्गेन क्लोपलाई झड्का लागेको छ भने म्यानचेष्टर युनाइटेडका म्यानेजर जोजे मौरिन्होलाई भने अंक गुमाउनु नपरेकोमा खुसी लाग्नु स्वभाविकै भएको छ ।
म्यानचेष्टर युनाइटेडका स्ट्राइकर वाइन रुनीलाई भने अझ राम्रो स्थान दिन नसक्दा कतै टिमलाई फाइदा भएको छैन कि भन्ने शंका बढेको छ ।
यो खेलसंगै अंक तालिकामा १९ अंकका म्यानचेष्टर सिटी र आर्सनल शीर्ष स्थानमा कायमै रहँदा १८ अंकको टोटनह्याम तेस्रो स्थानमा विराजमान छ ।
त्यस्तै लिभरपुल १७ अंकसहित चौथो स्थानमा कायमै हुँदा १४ अंकको म्यानचेष्टर युनाइटेडले स्थानमा सुधार गर्न नसक्दा सातौं स्थानमै अड्किएको छ ।