arrow

दुईदिने सैन्य कारबाही सकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
isreal-gaza-air-strike.jpeg

इजरायल ।  इजरायलको सेनाले पश्चिम किनारमा गरिएको दुईदिने सैन्य कारबाही अन्त्य भएको घोषणा गरेको छ । कारबाहीका क्रममा एक जना इजरायली सैनिकसहित १२ जना प्यालेस्टाइनीको ज्यान गएको थियो ।  

वेस्ट बैंकको जेनिन क्षेत्रमा गरिएको सैन्य कारबाही औपचारिक रूपमा सकिएको तथा सैनिकहरूले जेनिन क्षेत्र छोडेका इजरायली सेनाका प्रवक्ताले एएफपीलाई बताएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कट्टर दक्षिणपन्थी सरकारको आदेशमा सोमबार बिहान इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा कारबाही थालेको थियो । कारबाही भीषण थियो जसमा सयौं सेनाका साथै ड्रोन र बुलडोजरहरू पनि प्रयोग गरिएका थिए । 

प्यालेस्टाइनी क्षेत्रबाट इजरायलमा प्रहार गरिएका पाँचवटा रकेटलाई रोकेपछि इजरायलले गाजा पट्टीमा हवाई हमला गरेको थियो । प्यालेस्टाइनी सुरक्षा स्रोतले उत्तरी गाजामा रहेको आतङ्कवादी समूह हमासको सैन्य स्थलमा आक्रमण भएको तर कुनै क्षति नभएको बताएको छ ।

पश्चिम किनारको जेनिन क्याम्पमा गरिएको कारबाहीका क्रममा सेनाले लडाका लुकेका ठाउँ, हतियार भण्डार र विस्फोटक पदार्थ भण्डारण गर्न प्रयोग गरिएका भूमिगत स्थलहरू पत्ता लगाएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ