हृदयाघातबाट रहेनन् नेकपा एसका पाल्पा अध्यक्ष पाण्डे
हाम्रा कुरा
प्रकाशित २०८० असार २३ शनिबार
931
Shares
पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को निधन भएको छ। बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको थियो।
उपचारका लागि तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले बताए।
स्वर्गीय पाण्डेको पार्थिव शरीर अहिले तानसेनस्थित टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखेर अन्त्येष्टि गर्न राम्दी घाटमा लगिँदैछ ।
पाण्डेको निधनप्रति एमाले पाल्पाका सांसद ठाकुरप्रसाद गैरेले दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को हृदयाघातका कारण असामयिक निधन भएको खबरले अत्यन्तै दुखित तुल्याएको छ । दुःखको यस घडीमा दिवंगत कमल पाण्डेयप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहीरो समवदना प्रकट गर्दछु।'