arrow

चितवनमा स्क्रब टाइफसबाट थप एकको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
scrub-typhus.jpeg
चितवन। स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ । 
 
कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार सामान्य ज्वरो आएपछि उनलाई भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ । 
 
योसँगै चितवनमा स्क्रब टाइफसका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । 
 
यसअघि दुईजना महिलाको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । हालसम्म चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको नमुना परीक्षण गर्दा स्क्रब टाइफस प्रमाणित हुनेको सङ्ख्या २१९ पुगेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ