arrow

कोशीमा थपिए तीन मन्त्री, प्रचण्डका ज्वाइँलाई आर्थिक मामिला मन्त्रालय 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असार २४ आइतबार
koshi-ministers-2080-03-24.jpg

विराटनगर ।  कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र  रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
 
आचार्य र कार्की माओवादीबाट र खत्री कांग्रेसबाट मन्त्री बनेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिए पनि कार्की र खत्रीको मन्त्रालय तोकिएको छैन । 

आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन् । आचार्य प्रचण्डका कान्छा ज्वाइँ हुन् । 

आचार्यले अर्थमन्त्री पाएसँगै कोशीमा माओवादी केन्द्र आजदेखि सरकारमा सहभागी भएको छ । 

यसअघि नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन मन्त्री थिए । 

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए ।

सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त गरेपनि माओवादी केन्द्र सहभागी भएको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ