arrow

कार्यालय प्रमुख कुट्ने एमालेका पूर्व सांसद परियार र वडाध्यक्ष पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
CPN-UML-Flag.jpeg

मुगु । जिल्लाको पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापा कार्यालयमै कुटिएका छन् ।  नेकपा एमालेका नेता कर्णाली प्रदेशसभाका तत्कालीन प्रदेश सभा सदस्य तथा विधायन समितिका सभापतिसमेत रहेका दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका ६ का वडा अध्यक्ष खेमबहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर बुढथापामाथि शनिबार हातपात गरेका हुन् ।

 चालु आर्थिक वर्ष २०७९–८० को प्रदेश सांसद विकास कोष मार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुँदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेटअनुसारको काम नभएको र रकम भुक्तानी पूरा दिन दबाब दिँदा आफूले अस्वीकार गरेपछि कार्यालयभित्र हातपात गरेको र कार्यालय तोडफोड गरेको प्रमुख बुढ्थापाको भनाई छ ।
  
४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको छ । त्यसैअनुरुप भुक्तानी लिन आग्रह गर्दा उनीहरुले हातपात गरेको उनले बताए ।  मुगुमा काम गर्न असहज भएको बुढाले बताए । प्राविधिकहरुलाई पनि ज्यान मार्ने धम्कीले कर्मचारी त्रासमा छन् । 

यसैबीच हातपातपछि पूर्वसासंद परियार र वडाध्यक्ष रावललाई प्रहरीले शनिबार नै  नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ