arrow

आदिवासी हकहितका प्रावधानहरुलाई बेवास्ता गर्ने प्रचलन रहेको प्रति गुनासो

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
Panchthar-hamrakura.jpg.jpeg
जितेन्द्र भण्डारी । पाँचथर ।अन्तराष्ट्रिय श्रम संगठन आइ एल ओ १६९ सम्बन्धी तीन दिने अभिमुखिकरण गोष्ठि बुधबार बाट पाँचथरको फिदिममा सुरु भएको छ । गोष्टीमा आदिवासी जनजातीहरुको हक अधिकार बारे चर्चा गरिएको छ । स्थानिय स्तरमा निर्माण गरिने विकासका योजनाका बारेमा ती स्थानमा बासोवास गर्दै आएका आदिवासीसंग स्विकृती लिनु पर्ने गोष्ठीका सहजकर्ता अधिवक्ता किरण सुनवारले बताउनुभयो ।
 
स्थानिय स्तरमा निर्माण भएका र निर्माणधिन मध्ये हाइड्रो पावर जस्ता आयोजनाहरु सुरु गर्नु अघि सरकार र स्थानिय आदिवासीसंग स्विकृती लिनु पर्ने तर त्यसो नभएर जवरजस्ती र अन्तराष्ट्रिय श्रम संगठन आइ एल ओ १६९ जस्ता आदिवासी हकहितका प्रावधानहरुलाई बेवास्ता गर्ने प्रचलन रहेको प्रति गुनासो गर्नुभयो ।  जसले गर्दा आदिवासीका अधिकारहरु हनन् भएको र ती स्थानमा सुरु भएका योजनाहरु पनि दिर्घकालीन र प्रभावकारी हुन नसकेको प्रष्ट पार्नुभयो ।
 
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद  र जिल्ला विकास समिती पाँचथरको आयोजनामा सुरु भएको सो गोष्ठीमा  जिल्लाका राजनितीक दल, जातीय संघ सस्था, सञ्चारकर्मी, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, विद्यार्थी लगायतको सहभागिता रहेको छ । गोष्टिमा अन्तराष्ट्रिय श्रम संगठन महासन्धी आइ एल ओ १६९ र त्यसमा समावेस भएका आदिवासीका हकअधिकार, आत्मनिर्णयका प्रावधानहरु, आदिवासी र प्राकृतीक श्रोतसाधन बीचको सम्बन्ध र संयुक्त राष्ट्रसंघीय घोषणा पत्र २००७ का बारेमा बहस र छलफल गरिएको छ । गोष्ठी शुक्रबार मात्रै सकिँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ