arrow

इञ्जिनियर कुट्ने आफ्ना नेता बचाउन एमालेको विरोध प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
mugu-uml-2080-03-25.jpg

मुगु । पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख इन्जिनियर दत्त बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेशसभा सदस्य दानसिंह परियारसहित पक्राउ परेको विषयमा एमालेले विरोध प्रदर्शन गरेको छ । 
 
बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेश सांसद परियार र छायाँनाथरारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावलविरुद्ध अभद्र व्यवहारसम्बन्धी आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ ।

शनिबार नै दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियाअघि बढाएपछि सोमबार रिहाइको माग राखेर नेकपा एमाले मुगुका नगर ईन्चार्ज डम्बरबहादुर रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मुगुमा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर दत्त बुढ्थापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभित्रै पूर्वसांसद परियार र वडाध्यक्ष रावलले हातपात गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ