arrow

माधव भन्छन् – पुष्पलालको योगदानलाई युवा पंक्तिमा पुर्‍याउन आवश्यक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
madhavkumar-nepal-2080-03-25.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तिमा पुर्याउन आवश्यक रहेको बताएका छन् । 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रुपमा स्मरण गरे । उनले कम्युनिष्ट आन्दोलनको जन्मदाता, शुरुवात कर्ता, संस्थापक मात्रै नभइ पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहेको बताए । 

अध्यक्ष नेपालले काँग्रेस र कम्युनिष्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भन्नेकुरा पुष्पलालले धेरै पहिला भनेअनुसार नै पछि आएर पञ्चायती व्यवस्था ढालेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ