arrow

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर : ६४ हजार पशु संक्रमित, नौ हजार मरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
Lumpy-skin-disease1.png

बैतडी ।  बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ । 

यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए ।

यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७  घरपालुवा पशु संक्रमित छन् । उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ