arrow

जिल्ला शिक्षाले गर्‍यो बिद्यालयमा छड्के चेक जाँच

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
IMG_1125.JPG.jpeg
निर्मल खत्री ।म्याग्दी । जिल्ला शिक्षा कार्यालय म्याग्दीले बिभिन्न स्रोत केन्द्रका बिद्यालयहरुको छड्के चेक तथा अनुगमन गर्न थालेको छ ।  आज जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी सहितको टोलीले अर्जुन उच्च माबि स्रोत अन्तरर्गत पर्ने भानु उच्च माबि र उपल्लाचौर प्रथामिक बिद्यालय रत्नेचौरका दुई बिद्यायको अनुगमन गरेको छ ।अनुगमनमा बिद्यालयको शैक्षिक अवस्था ,नियमित ,शिक्षकको अनिबार्य तथा कक्षा संञ्चानको कसरी भएको छ भौतिक संरचना देखि लिएर शिक्षको अध्यापन शैली बिद्यार्थीको क्षमता बिषयगत शिक्षक संगको सम्वन्धको बारेमा टोलीले अनुगमन गरेको हो । 
 
हाल सरकारी बिद्यालयमा बिद्यार्थीहरु कम हुने र शिक्षकहरुपनि समयमा बिद्यालय नआउने आए पनि अध्ययन नगराउने गरेको पाईएको यो समयमा जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्ने थालेको हो । अनुगमनको क्रममा बिद्यालयमा भएको संरचना पनि प्रयोग नगरिएको ,बिद्यार्थी संख्या न्यून रहेको पाईएको अनुगमन टोलीले जानकारी दिएको छ । सरकारी बिद्यालयको शैक्षिक गुणस्तरलाई बढाउनको लागि जिल्ला शिक्षा कार्यालय म्याग्दीले म्याग्दीका सबै बिद्यालयमा छड्के चेक तथा अनुगमन सुरु गरको जिशिअ अधिकारीको भनाई छ ।
 
बिद्यालयको समयमा जुनसुकै दिन जुन सुकै बिद्यालयमा पनि छड्के चेक जाचँकालागि जाने र बिद्यालयको अवस्थाको बारेमा र बिद्यालयको शिक्षक, बिद्यार्थी ,अबिभावक,ब्यवस्थापन समिति लगायत संग बिद्यालयको शैक्षिक गुणस्तरको बिषयमा जानकारी लिने गरिएको छ । आज गरिएको अनुगमनमा जिल्ला शिक्षा अधिकारीले बिद्यालयको स्थिती शिक्षकले अध्यापन गरिरहेको कक्षाको अनुगमन बिद्यार्थीहरुसंगै अध्ययन शिक्षक बिद्यार्थीहरुको सहकार्य नियमित कक्षा लगायतको बारेमा अनुगमन गरेका थिए। अनुगमन टोलीमा जिशिअ रामप्रसाद अधिकारी स्रोत ब्यक्ति दुर्गाराम सुबेदी पत्रकार निर्मल खत्री लगायतको टोलीले अनुगमन गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ