arrow

सहारा क्लब क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
foot.jpg.jpeg
चितवन  । पोखराको सहारा क्लब चितवनमा जारी रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।
 
मंगलबार विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै सहाराले अन्तिम आठको यात्रा पक्का गरेको हो । सहारालाई जिताउनेक्रममा शिव सुवेदीले दुई तथा सुशील लामा र टाबुनले एक–एक गोल गरे । 
 
वुधबार दुई खेल हुँदैछन् । पहिलो खेलमा मनाङ–मस्र्याङ्दीले भारतको युनाइटेड सिवान क्लब तथा दोस्रो खेलमा झापा–११ र नेपाल पुलिस क्लब भिड्ने छन् । तीन लाख पुरस्कार राशि रहेको प्रतियोगितामा भारतका तीन सहित १५ टोली सहभागि छन् ।



नयाँ