arrow

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउने विषयमा छलफल हुन्छः सचिव ज्ञवाली

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
pradip gyawali.jpg.jpeg
काठमाडा। नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयूक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउने विषयमा दलहरुवीच छलफल हुने बताएका छन । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले आगामि उच्चस्तरीय राजनीतिक समितिको बैठकमा यो विषयमा छलफल हुने जानकारी दिए । क्लबका भएको साक्षात्कारमा सचिव ज्ञवालीले भने,‘ देश स्वाधिनताको लडाईमा भएको बला जो जो उहाँको नियूक्तीको विपक्षमा रहेका थिगए । उनीहलाई छानीछानी पत्र काट्दा उहाँको नियतमाथि प्रश्न उठेको छ । मुलुक संकटमा रहेको बेला राजनीतिक नेतृत्वलाई डिफंक गरेर जाने कुरा ठिक भएन ।’
 
उनले भारतीय नाकाबन्दीबाट नेपालमा सरकारलाई झुक्न बाध्य बनाउँछौ भन्ने मधेसी मोर्चाको क्याल्कुलेसन गलत भएको पुष्टि भईसकेको भन्दै अहिलेसम्म मुलुकमा बाहिरियाको सहयोगबाट आन्दोलन सफल बनाउँछौ भन्ने कुराले समस्या उत्पन्न भएको बताए । सचिव ज्ञवालीले संयूक्त राष्ट्र संघ, चीन, अमेरिका, यूरोपीयन यूनियनदेखि भारतभित्रै पनि विरोध भईरहेकोले भारतको नाकाबन्दी धेरै दिन पर जान सम्भव थिएन भन्दै बाहिरको सहयोगबाट झुकाउन सकिन्छ भन्ने भ्रम तोडिएको बताए । 
 
उनले मधेसी मोर्चाले राखेको माग मध्ये समानुपातिक समावेशी प्रतिनिधित्व र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय संविधान संसोधन मार्फत अघि बढाउने र राजनीतिक संयन्त्रले तीन महिनाभित्र सम्बन्धीत क्षेत्रको जनताको भावना बुझेर सीमांकन हेरेफेर गर्ने तयारीमा आफूहरु रहेको भन्दै आफूहरुले पहाडबाट मधेस छुट्याउने र जातीय आधारमा राज्य बनाउने कुरा कुनै पनि हालतमा नस्किार्ने स्पष्ट पारे । सचिव ज्ञावलीले भने,‘ हामी सीमांकनमा खुल्ला छौ तर सम्बन्धीत क्षेत्रका जनता कुन प्रदेशमा बस्न चाहन्छन भन्ने कुरा बुझनुपर्छ भन्ने पक्षमा छौ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ