arrow

अबको बैठकमा मिटरब्याज विधेयक नल्याए रास्वपाले संसद चल्न नदिने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
rabi-lamichhane-2080-03-29.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकको कार्यसूचीमा मिटरब्याज सम्बन्धी विधेयक नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

उनले संसदको आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक नल्याएमा संसद बैठक चल्न नदिने चेतावनीसमेत दिएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सभापति लामिछानेले आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको बताए । 

उनले भने, ‘सरकारलाई यो विधेयक यथाशिघ्र सदनमा ल्याउनको निमित्त आह्वान गर्न चाहन्छु । हामी यसको पक्षमा छौँ । पीडितहरुको पक्षमा छौँ । र मिटरब्याजको पीडाबाट जसरी जीवन–मरणको दोसाधमा नागरिकहरु पुगेका छन् । उनीहरुको पक्षमा हामी अहिले नै तयार छौँ यसलाई छिट्टै फाष्टट्रयाकमा ल्याएर प्रतिस्थापन विधेयकमार्फत १५ दिनभित्र सम्पन्न गर्न सकिन्छ भन्नेकुराको प्रतिवद्धता हामीले व्यक्त गरिसकेका थियौँ । तर कसको स्वार्थले यसरी यो विधेयकलाई संसदमा ल्याइएन ? यो सदनलाई जानकारी हुनुपर्छ । आगामी बैठकमा मिटरब्याज पीडितहरुका लागि भनेर सरकारले ल्याउन खोजेको विधेयकलाई कार्यसूचिमा राखिएन भने रास्वपा सदन चल्न नदिने पक्षमा उभिने छ । मिटरब्याज पीडितहरुको पक्षमा दह्रो खह्रो भएर उभिनेछ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ