arrow

उद्योग बाणिज्य महासंघको विशेष साधारण सभाको निर्णय हुँदै

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
fncci-building-123.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभा सम्बन्धी गतिविधि यथास्थितिमा राख्न अदालतले आदेश दिंदै बुधबारका लागि प्रतिबादी महासंघलाई बोलाएको छ । विशेष साधारणसभाको प्रकृया नपुगेकोले रोकिपाऊँ भन्दै परेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै पाटन उच्च अदालतले प्रकृया यथास्थितिमा राख्न आदेश दिएको हो ।
 
बुधबार नै अन्तरिम आदेश दिने वा नदिने सम्बन्धी निर्णय हुने र यसले विशेष साधारणसभाको भविश्य निर्धारण गर्नेछ । 
 
महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारिणी समिति सदस्य गोविन्द घिमिरेले अध्यक्ष पशुपति मुरारका तथा जिल्ला प्रशासन कार्यालय काठमाडौं समेत ५ जनालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
 
रिटमाथी न्यायाधीश भीमकुमार ओझाको इजलासले सुनवाई गर्दै प्रक्रिया तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो । 
 
महासंघको संस्थापन पक्षले विधानअनुसार विशेष साधारणसभा आह्वान गरिएको दाबी गर्दै आएको छ भने अर्को पक्षले प्रकृया नपुगेको आरोप लगाएको छ ।
 
 रिटमा महासंघको विधान विशेष साधारणसभाबाट संशोधन गर्न नमिल्ने दाबीसमेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ