अजय–काजोल पुत्री किन डेढ वर्षसम्म रिसाइन् ?
प्रकाशित मिति : २०७३ कार्तिक ३ बुधबार , ११,६६७ पटक हेरिएको

मुम्बई । बलिउडका हस्तीहरु अजय देवगन र काजोलकी छोरी न्यासा ढेढ वर्षसम्म रिसाएको खुलासा भएको छ ।
अजय आफ्नो चलचित्र ‘शिवाय’ निर्माणमा व्यस्त भएकाले बिस्तारै बलिउडको लाइमलाइटमा आउन थालेकी न्यासा बाबुसंग रिसाएको खुलासा स्वयं अक्षयले गरेका छन् ।

शिवायको ट्रेलर देखेपछिमात्र न्यासा अजयसंग निकै नरम भएको बताइएको छ ।

ट्रेलर देखेपछि न्यासाले अजयलाई भनिन्, ‘बल्ल मैले जाने बाबा हजुर किन यतिधेरै व्यस्त हुनुभयो भनेर ।’

अजयले छोरी न्यासाको यो प्रतिक्रिया सबैभन्दा राम्रो कम्प्लिमेन्ट भएको पनि प्रतिक्रिया दिएका छन् ।

शिवाय आगामी कार्तिक १२ गते प्रदर्शनमा आउँदै छ । १३ वर्षकी न्यासा किताबकी कीरो हुन् ।

पढ्न भनेपछि हुरुक्क हुने १३ वर्षकी बच्चीले के बुझेर शिवायलाई मन पारिन् र अजयलाई माफ गरिन् त्यो उनै जानून् ।

तर कतै यो चलचित्र चलाउने मसला बनाउन खोजिएको त हैन भनेर पनि हल्ला चल्न थालेको छ ।

आखिर अजयलाई अहिलेसम्म चलचित्र चलाउन यस्तो कुनै सस्तो प्रचारबाजी पनि त गर्नुपरेको छैन ।

प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">