arrow

च्यापियन्स लिग: बार्सिलोना र सिटीको महाभिडन्त, आर्सनल, एथलेटिको र बार्यन पनि मैदानमा

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
champions-league.jpeg
काठमाडौं।  युएफा च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति आठ खेल हुँदैछन् । र सबै खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ । बुधबार हुने खेलमा केही रोमान्चक भिडन्तहरु छन् । 
 
खेलमा स्पेनको बार्सिलोनाले इङ्लिश क्लब म्यान्चेस्टर सिटीको सामना गर्नेछ । बार्सिलोना पाँच पटकको च्यापियन्स लिग विजेता हो भने सिटीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । यद्धपि सिटी यसपटक जारी प्रिमियर लिगमा उच्च फर्ममा रहेको टोली हो । यसकारण पनि यी दुईबीचको आजको भिडन्त निकै रोमान्चक हुनेछ । 
 
यस्तै आर्सनल, एथलेटिको म्याड्रिड र बार्यन म्युनिख पनि आजै मैदानमा उत्रिँदैछन् । इङ्लिश क्लब आर्सनलले बुलगेरियाको लुडोगोरेट्सको सामना गर्दा स्पेनको एथलेटिको म्याड्रिडले पनि रुसको एफसी रोसटोभको सामना गर्नेछ । आजै जर्मनीको बार्यन म्युनिख र नेदरल्यान्डसको पीएसभी इन्ड्रोभेनबीच पनि खेल हुनेछ ।   
 
यसैगरी अन्य खेलमा फ्रान्सको पीएसजीले स्वीटजरल्यान्डको बासेलसँग तथा पोर्चुगलको बेनफिका र युक्रेनको डाइनामो भिड्ने कार्यक्रम छ ।
 
त्यस्तै बाँकी खेलमा इटालीको एसएससी न्यापोली र टर्कीको बेसिकटास तथा रुसको सेल्टिक र जर्मनीको बोरुसिया मोनचेनग्लाबच खेल्नेछन् ।



नयाँ