arrow

देउवाले थपे प्रचार विभागमा तीन सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
congress-nc-party-office-hq.jpg

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्यलाई थप गरेको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको सो विभागमा तीन सदस्य थप गरेका हुन् ।

थप हुने सदस्यमा सन्तोष न्यौपाने (लमजुङ), अशोक शर्मा (कञ्चनपुर) र सुमन गौतम (रौतहट) रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ