arrow

अपरिपक्वताको पराकाष्ठा, सदनमा फेरि वितण्डा

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
sansad @@@.jpg.jpeg
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका केही नेता दिल्ली भ्रमणबाट फर्किनु अघि बिहिबार दिउँसो ३ बजेका लागि डाकिएको संसद बैठक साँझ ६ बजेका लागि सार्दा समेत तोकिएको समयमा सुरु हुन सकेन । बैठक तयारीप्रति सरकारको बेवास्ता र विपक्षीहरुको हठका कारण बैठकमा फेरिपनि अपरिपक्वता उदाङ्गियो । प्रमुख सचेतकहरुको राय भन्दै अपरिपक्वता जाहेर गर्ने सभामुखले फेरिपनि बैठक संचालनको भेउ नपाएको देखिएको छ ।  
 
बैठकका लागि कार्यसूची तय भइसके पनि कसले पहिले बोल्ने भन्ने विषयमा उल्झन सिर्जना भयो । केही दिन अघि संसदको नियम मिचेको भन्दै असन्तुष्ट भएको प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पहिले बोल्न पाउनुपर्ने अडान राख्यो । उता, आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले पहिले आफूहरुलाई बोल्न दिइनुपर्ने भनाइ राखेपछि बैठक संचालनमा कठिनाई भयो ।  
 
बैठक अघि मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनले भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण विधेयक संसद्मा प्रस्तुत गर्न सहयोग गर्ने प्रतिवद्धता जनायो । बैठकका लागि सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट प्राप्त पत्र पढेर सुनाउने र पुनःनिर्माण विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची बनेपनि दलहरुले एकले अर्कालाई सहयोग नगर्ने र सभामुखले समेत विधि अवलम्बन गर्न नसक्दा समस्या सिर्जना भयो। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको निर्वाचन सकिएपनि सदन चल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ