arrow

नेपालमा रुपान्तरणमुखी शिक्षाबारे पहिलो अन्तरार्ष्ट्रिय सम्मेलन हुँदै

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
education.jpeg
काठमाडौं । नेपालमा पहिलो पटक “रुपान्तरणमुखी शिक्षा र दीगो विकास” सम्बन्धी पहिलो अन्तरार्ष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । शिक्षा मन्त्रालय र अस्ट्रेलियाको मर्डख विश्वविद्यालयको सहकार्यमा काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन अन्तर्गतको रुपान्तरणमुखी शिक्षा अध्ययन केन्द्रले यो सम्मेलन आयोजना गर्न लागेको हो । 
 
“नेपालको शिक्षा प्रणालीमा रुपान्तरणका मुद्दा उठिरहेको र यो विषयको बहस नेपालबाटै सुरु हुन लागेकोले हामीले यसलाई अवसरका रुपमा हेरेका छौं” मुख्य आयोजक तथा स्कूल अफ एजुकेसनका एसोसिएट डिन बालचन्द्र लुइटेलले भने “नेपालमा राजनीतिक समाजिक तथा साँस्कृतिक परिवेषमा आएको बदलाबपछि शिक्षा क्षेत्रमा पनि रुपान्तरण हुनुपर्ने बहसलाई सम्बोधन गर्न यस सम्मेलनले सघाउ पुग्ने छ । त्यहि सेरोफेरोमा हुन लागेको सम्मेलन नेपालले गर्न पाउनु अवश्य नै सुखद् पक्ष हो ।“
 
सम्मेलनमा शिक्षा क्षेत्रका अन्वेषक, चिन्तक र विचारकहरुले रुपान्तरणमुखी शिक्षा र यसको आवश्यकताबारे विचार विमर्श गर्ने र माटो सुहाउँदो शिक्षाबारे बहस चलाउने छन् । भाषिक र साँस्कृतिकरुपमा विविधता भएका मुलुकहरुमा शिक्षाक्षेत्रमा कस्तो खाले रुपान्तरण आवश्यकता छ, कस्तो शिक्षा पद्दति अवलम्बन आवश्यक छ, यसमा संलग्न पक्षहरुको भूमिका के हुन सक्छ भनी छलफल चल्ने आयोजकले जनाएका छन् ।
 
सम्मेलनमा १४ देशका  एक सय २० भन्दा बढी सहभागीले शिक्षाको गुणस्तर, समताको प्रश्न र अनुकूलता लगायतका विषयमा आफ्नो अनुभव र सैद्धान्तिक बहस गर्ने छन् । सम्मेलनको अन्तमा विभन्न  विश्वविध्यालयहरुमा रुपान्तरणमुखी शिक्षा अध्यायनबारे अनुसन्धानमा संलग्न पक्षहरुको अन्तर्राष्ट्रिय संघ गठन गरिने छ । संघले रुपान्तरणमुखी शिक्षाको अध्ययन र प्रयोगबारे आगामी कार्यदिशा समेत तय गर्ने बताइएको छ । सम्मेलन कात्तिक ५ देखि ७ गतेसम्म धुलिखेलमा चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ