arrow

सांसदहरुले लोकमानको कुरा उठाएकै भोलिपल्ट महाभियोग समिति गठन

को-को छन् समितिमा ?

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
sansad-nirwachan.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ । 
 
व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएकामा बैठकले सर्वसम्मतले स्वीकृत भएको थियो । 
 
नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम समिति गठन गरिएको हो । संविधानअनुसार उक्त समिति ११ सदस्य हुनेछ । 
 
उक्त समितिमा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, फर्मुल्ला मन्सुर, दीपकप्रसाद कुइँकेल, कुमारी लक्ष्मी राई, नेकपा एमालेका केशव बडाल, रेवतीरमण भण्डारी, पार्वत गुरुङ, सुशीला नेपाल, नेकपा माओवादी केन्द्रका रामनारायण बिडारी, अमनलाल मोदी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिलनाथ गिरी रहेका छन् । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलना गर्न खोजेको आरोप लगाउँदै मंगलबार संसद् बैठकमा सांसदहरुले महाभियोग लगाएर हटाउन माग गरेका थिए । त्यसको भोलिपल्ट वुधबार समिति गठन गरिएको छ ।रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ