arrow

तीन वर्षे दाजुले एक वर्षे बहिनीलाई गोली हानी मारे 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

सानडिएगो । अमेरिकाको सान डिएगो शहरको फलब्रुक क्षेत्रमा ३ वर्षीय दाजुले आफ्नै १ वर्षीया बहिनीको गोली हानी हत्या गरेका छन् । 

यो घटना गत सोमबार दिन भएको हो । तीन वर्षीय दाजुले खेल्दै गर्दा गोलीले भरिएको बन्दुक समातेर बहिनीलाई हानेका थिए । 

रिपोर्ट अनुसार सान डिएगो काउन्टी शेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ जार्जुराले घटनाको बारेमा जानकारी दिएका छन् ।

लेफ्टिनेन्ट जोसेफ जार्जुराले एक प्रेस विज्ञप्ति जारी गर्दै भने कि सान डिएगो शेरिफले लगभग बिहान ७ः३० बजे फोन प्राप्त भएको थियो ३ वर्षीय दाजुले आफ्नी १ वर्षीया बहिनीलाई गल्तीले गोली हानेको छ। सूचना प्राप्त हुनासाथ सान डिएगो शेरिफ प्रहरी बलसहित घटनास्थल पुगेका थिए ।

 प्रहरी टोली घटनास्थलमा पुगेपछि ३ वर्षीय बालकको हातमा भरुवा बन्दुक र १ वर्षीया बालिका टाउकोमा गोली लागेको अवस्थामा भुइँमा लडिरहेको देखे । सान डिएगो सेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ जरजुराले परिवारको सम्मानका कारण उनको नाम खुलाउन नसकेको बताए । 

प्रहरीले पीडितलाई तुरुन्तै नजिकैको पालोमार अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।

 शेरिफ विभागले मृत्यु भएकी बालिकाको नाम खुलाएको छैन । घटनाको अनुसन्धान गरिरहेको टोलीले घटनाको थप विवरण संकलनको लागि काम गरिरहेको जनाएको छ ।

अनुसन्धान टोलीले घटनाबारे अन्य कुनै जानकारी भएमा हत्या युनिटमा सम्पर्क गर्न आग्रह गरेको छ । यस बाहेक शरिफ विभागको टोलीले अपराध रोक्ने उपाय पनि साझा गरेका छन् ।

जसमा अपराध रोक्न सुझाव दिन आग्रह गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ