arrow

महासंघको विशेष साधारणसभा हुने, अदालतले दिएन अन्तरिम आदेश

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
patan-hight-cort.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा अघि नबढाउन माग गर्दै दर्ता भएको रिटमा मंगलबार अल्पकालिन आदेश जारी गरेको उच्च आदालतले वुधबार अन्तरिम आदेश जारी गरेन । वुधबार निवेदक र विपक्षीलाई छलफलमा बोलाएकामा अदालतले कुनै आदेश जारी नगरेकाले संघको साधारणसभा गर्न बाधा नपर्ने बताइएको छ । 
 
महासंघको पक्ष र विपक्षबीचको बहसपछि मुख्य न्यायाधीश टंक बहादुरर मोक्तान र डिल्लीराज आचार्यको इजलासले महासंघको पक्षमा आदेश जारी गरेको हो । महासंघको पक्षबाट अधिवक्ता श्याम खरेल, शिव रिजाल, दिपक घिमिरे र उपेन्द्र केशरी न्यौपाने तथा विपक्षी निवेदकको तर्फबाट अधिवक्ता टिका भट्टराई, सम्भु थापा, इन्द्र खरेल, गोपाल दत्त पाण्डे र चन्द्र कान्त ज्ञावलीले बहस गरेका थिए । 
 
उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारी सदस्य गोविन्दराज घिमिरेले महासंघको विधान विशेष साधारणसभाबाट संशोधन गर्न नमिल्ने जिकिर गर्दै जिल्ला प्रशासन कार्यालय, महासंघ कार्यसमितिसहित पाँच जनालार्इ विपक्षी बनार्इ आइतबार रिट दर्ता गरेका थिए । 
 
रिटमा विधान संशोधन साधारणसभाबाट गर्न मिल्ने व्यवस्था रहेको जिकिरसहित विशेष साधारणसभा रोक्न उनीहरुले माग गरेका थिए । विहिबार बस्ने विशेष साधारण सभाको आवश्यक तयारीका लागि कार्यसमितिको बैठक वुधबार बेलुकी महासंघको कार्यालय टेकुमा बस्ने महासंघका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ