arrow

रारा हेर्ने पर्यटक बढे

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
rara-lake-trek.jpeg
मुगु। रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन् । रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेका छन् । नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकन्छि भने दैलेख, कालीकोट र जुम्ला भएर सडकमार्ग प्रयोग गरी दुई दिनमा रारा पुग्न सकिन्छ । 
 
जाडो मौसम सुरु भइसकेकाले रारा घुम्न आउने पर्यटकले न्यानो कपडा तथा आवश्यक औषधि साथमा ल्याउनु पर्ने ‘भिजिट कर्णाली टुर एन्ड ट्राभल्स’का सञ्चालक राजु कार्की बताउनुहुन्छ । बस, जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेका होटल व्यवसायी पूर्णादेवी बमले बताए । 
 
रारा ताल छेउमै रहेको रारा राष्ट्रिय निकुञ्जको चमेना गृह, डाँफे होटल र रारा भिलेज रिसोटमा बास बस्न ठाउँ अपुग भएपछि पर्यटक एक घन्टा टाढाको रारा विमानस्थल, सदरमुकाम गमगढी तथा माझघट्टका होटलमा बास बस्ने गरेका रारा राष्ट्रिय निकुञ्जका प्रमुख मोहनचन्द्र विश्वकर्मा बताउछन् । 
 
“दिनहुँ २०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्,” उनले भने । पर्यटकको बसाइँ लम्ब्याउन रारा वरपर सुविधा सम्पन्न होटेल, तीव्र गतिको इन्टरनेट सेवा, विद्युत्, डुङ्गा, साइकिलिङ सेवाका लागि पहल गरिनुपर्ने देखिन्छ । रासस 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ