arrow

विशेष साधारणसभामा नबोलाईएको भन्दै महासंघका पूर्वअध्यक्षहरूको गुनासो

logo
प्रकाशित २०७३ कार्तिक ३ बुधबार
FNcci.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरूले विशेष साधारणसभामा आफूहरूलाई नबोलाईएकोमा गुनासो गरेका छन् । पूर्व अध्यक्षहरू महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीप कुमार श्रेष्ठ, विनोद कुमार श्रेष्ठ र कुश कुमार जोशीले संयुक्त रूपमा हस्ताक्षर गरेर अध्यक्ष पशुपति मुरारकालाई पठाएको पत्र हाम्राकुरा डट कमलाई पनि प्राप्त भएको छ । 
 
उनीहरूले बिहीबार विशेष साधारण सभा हुनलागेको विभिन्न माध्यमबाट जानकारी भएको भएपनि औपचारिक रूपमा आफूहरूलाई कसैले पनि जानकारी नदिएको गुनासो पूर्व अध्यक्षहरूले गरेका छन् । 
 
उनीहरूले विधान संशोधनको समयमा पनि पूर्व अध्यक्षहरूको हैसियतले सुझाव माग गर्ने प्रचलन रहेको भएपनि अहिलेको प्रस्तावित विधानको लागि पूर्व अध्यक्षको हैसियतले कुनैपनि सुझाव माग नगरिएकोमा पनि गुनासो गरेका छन् । 
 
विशेष साधारण सभामा परम्परादेखि नै पूर्व अध्यक्षहरूलाई बोलाउने परम्परा रहेको भएपनि यो पटक आफूहरूलाई निमन्त्रणा समेत प्राप्त नभएको गुनासो पनि उनीहरूले गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ