arrow

नेतन्याहू अस्पतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
israel-PM-benjamin-netanyahu.jpg

काडमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पेसमेकर प्रत्यारोपणका लागि गरिएको शल्यक्रियापछि चिकित्सकहरूले आइतबार उनको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएका छन् ।
 
नेतन्याहूले मुटुको चाललाई नियमित राख्ने पेसमेकर प्रत्यारोपण गर्न लागेको शनिबार एक भिडियो सन्देशमार्फत् जानकारी गराएका थिए । 

उनले भने, “एक हप्ता अघि मैले एउटा मुटुको गतिविधि हेर्न ‘मोनिटरिङ डिभाइस’ राखेको थिए र यो डिभाइसले आइतबार साँझ मलाई पेसमेकर आवश्यक रहेको सूचना दिएको थियो ।” 

शल्यक्रियापछि शेबा मेडिकल सेन्टरले आइतबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उनी कार्डियोलोजी विभागमा निगरानीमा रहेको जनाएको छ ।

उनको कार्यालयले आइतबार भनेको छ, “यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ र नेतन्याहूलाई केही दिनभित्र डिस्चार्ज गर्ने अपेक्षा गरिएको छ ।

नेतन्याहूको स्वास्थ्य अवस्थाका कारण यसअघि यसै साताको अन्त्यमा हुने तय गरिएको टर्की र साइप्रसको भ्रमण स्थगित गरिएको छ भने अहिलेसम्म कुनै नयाँ मिति तय भएको छैन । 

उपप्रधानमन्त्री यारिभ लेभिनले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको उनको कार्यालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ