arrow

३५ वटा उद्योग वाणिज्य संघले बृहस्पति होटलबाट गरे यस्तो निर्णय

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
fncci-building-123.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशेषसाधारण सभाको पूर्वसन्ध्यामा ३५ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले यो विधानको विपक्षमा खुलेर लाग्ने निर्णय गरेका छन् । 
 
बुधबार साँझ हिमालयन होटलमाबाट निस्किएपछि ३५ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले राजधानीको बृहस्पती होटलमा राती अबेरसम्म छलफल गरी यस्तो निर्णय गरेका हुन् ।
 
उक्त छलफलमा प्रस्तावित विधान र बिहीबारको विशेष साधारण सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा व्यापक छलफल गरेको स्रोतले जानकारी दियो । 
 
बैठकले प्रंस्तावित विधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अधिकार कटौती हुने भन्दै यसको विपक्षमा खुलेर लाग्ने निर्णय गरेको हो । 
 
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रस्ताव गरिएको उक्त विधानले अध्यक्षलाई जिल्ला तथा नगर उद्योग वाणिज्य संघप्रति गैर जिम्मेवार बनाउँदै लगिने भएकोले यसको विपक्षमा खुलेर लाग्ने निर्णय गरिएको बताईएको छ । 
 
उक्त बैठक राती अबेरसम्म बसेको थियो । उक्त बैठकबाट निस्कँदै गर्दा सदस्यहरूले कसैले प्रलोभन र धम्की दिएको खण्डमा पनि दृढताका साथ यसको विपक्षमा आवाज उठाउने सहमति भएको पनि सहभागी एज जिल्लाका प्रतिनिधिले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ