arrow

राष्ट्रसङ्घका महासचिवसँग प्रधानमन्त्रीको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
antoni-prachnda.JPG

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उनहरूबीच भेटवार्ता भएको हो ।

सो सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा स्थानीय समयअनुसार सोमबार दिउँसो साढे १ बजे महासचिव गुटेरसको भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको बताइएको छ । 

प्रधानमन्त्री दाहाल यही शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उनको साथमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललगायत छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ