arrow

कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
sher-bahadur-deuba-new-111.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न ४ बजे आफ्नो निजी निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णयको आवश्यक तयारीका लागि पदाधिकारी बैठक बोलाएको बताइएको छ । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक बुधबार साउन १० गते अपराह्न ४ बजे बस्ने तय भएको छ । 

एक वर्षपछि बसेको केन्द्रीय समिति बैठक महत्वपूर्ण निर्णय गर्दै बुधबार समापन गर्ने तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ