arrow

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ११ बिहिबार
uddav-thapa-congress-provin.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कोशी सरकारको मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाको नियुक्ति रद्द भएको छ । सर्वोच्च अदालतले थापाको नियुक्ति रद्द गरेको हो । 

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो ।

अदालतले दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न भने बाटो खोलिदिएको छ । 

तर सभामुख बाहेककै बहुमत देखाउन नसकेपछि धारा १६८ को ३ उपधारा बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ ।

अब राप्रपाले साथ नदिएसम्म गठबन्धनको सरकार नबन्ने पक्का छ । कोशीमा एमाले सबैभन्दा ठूलो दल हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ