arrow

पाकिस्तान इन्टरनेशनल व्याडमिन्टन : दिदी भाईको जोडी फाइनलमा

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
didi-bhai-news.jpeg
काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी यो नेक्स सनराइज पाकिस्तान इन्टरनेशनल व्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाई रत्नजित तामाङ र दिदी नङशलको जोडी फाइनलमा पुगेको छ । 
 
विहिबार २७ मिनेट चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गरे । 
 
फाइनलमा रत्न र नङशलको भेट पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनसंग हुने नेपाल व्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठले जनाएका छन् । 
 
फाइनल शुक्रबार हुनेछ । फाइनलमा स्थान पक्का गरेसंगै रत्न र नङशलले कम्तीमा रजत पदक सुरक्षित गरेका छन् । महिला सिंगल्समा भने नङशलको यात्रा सेमिफाइनलमै पूर्णविराम लाग्यो । नङशल पाकिस्तानकी पल्वाशा बसिरसंग १६–२१ र १२–२१ ले पराजित भइन् ।



नयाँ