arrow

सिटौला भन्छन ' नेपाललाई प्रयोगशाला बन्नबाट रोक्न पनि संविधान कार्यान्वयन आवश्यक '

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
Krishna Sitwula.jpg.jpeg
भक्तपुर। नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकता नै नेपाल बलियो र समृद्ध बनाउने आधार भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “राष्ट्रिय एकताबिना संविधान कार्यान्वयन हुन सक्दैन, संविधान कार्यान्वयन हुन नसके नेपालले केही गर्न सक्दैन, त्यसका लागि पनि राष्ट्रिय एकता र मेलमिलाप आजको आवश्यकता हो ।” 
 
संविधान कार्यान्वयनको चुनौती बिषयक अन्तरक्रियामा धारणा राख्दै तत्कालिन संविधानसभाको संविधान मस्यौदा समितिका सभापति समेत रहिसक्नुभएका काँग्रेस महामन्त्री सिटौलाले दुई पटकको संविधानसभामा गरि ८ बर्षसम्म निरन्तरको छलफल पछि जारी गरिएको संविधान कार्यान्वयन गर्न सकिएन हामीहरुले केहि पनि गर्न नसक्ने ठोकुवा गर्नुभयो। नेपाललाई प्रयोगशाला बन्ने क्रमबाट रोक्न र दुर्घटनाबाट बचाउन संविधान कार्यान्वयनको विकल्प नभएको सिटौलाको भनाई छ। 
 
देश अहिले पनि संकमणमा रहेको उल्लेख गर्दै महामन्त्री सिटौलाले संविधान कार्यान्वयन पछि हुने पहिलो निर्वाचन पछि मात्र देशमा राजनीतिक स्थायित्व कायम हुने बताउनुभयो। उहाँले थप्नुभयो 'त्यसपछि मात्र देशको प्रगति र सम्बृद्धीतर्फको यात्रा शुरु हुन्छ।' 
 
नयाँ संविधानका विशेषताको चर्चाका क्रममा सिटौलाले भन्नुभयो यो संविधान धेरै देशको तुलनामा उत्कृष्ट छ दक्षिण एशियाका देशहरुको तुलनामा त सर्वोत्कृष्ट छ। सर्वोत्कृष्टताको उदाहरण दिदै सिटौलाले थप्नुभयो 'नेपालको संविधान पूर्ण संघात्मक व्यवस्थामा आधारित छ। मौलिक अधिकारमा पछाडी पारिएकालाई समेट्ने प्रयास गरिएको छ। बन्दुकको नालबाट कुनै पनि तानाशाह उदाउन नसक्ने व्यवस्था गरिएको छ। न्यायपालिकालाई पूर्ण रुपमा स्वतन्त्र राखिएको छ। लोकतन्त्रको विश्वव्यापी मान्यता अंगिकार गरिएको छ। समानुपातिक समावेशीताको हिसावले पनि नेपालको संविधान कम्तिमा दक्षिण एशियामा त सर्वोत्कृष्ट छ।'
 
भारतले नेपाललाई लगाएको नाकावन्दी गलत भएको प्रसङग औंल्याउँदै सिटौलाले भन्नुभयो नाकावन्दीले जनस्तरको सम्वन्ध विग्रेको छ। देशबीचको सम्वन्ध त ढीलोचाँडो राम्रो होला तर जनस्तरको सम्वन्धमा पुगेको क्षती भने अपुरणीय छ उहाँले भन्नुभयो। 
 
नेपालले उत्तर र दक्षिणको छिमेकीसँगको सम्वन्धलाई समान रुपमा महत्व दिनुपर्ने भन्दै उहाँले भन्नुभयो 'भारतसँगको सम्वन्ध सुधार गर्दै विकसित गर्नुपर्छ। भारत र चीन दुबैसँग सम्वन्ध उत्तिकै सुमधुर बनाउनुपर्छ। '
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ