काठमाडौं । युरोपा लिग फुटबलअन्तर्गत बिहीबार राति २४ खेल भएका छन् । खेलमा इङल्याण्डको म्यानचेस्टर युनाईटेडले शानदार जित हासिल गरेको छ ।
आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले टर्कीको फेनरबाचेलाई ४–१ ले हरायो ।
म्यानचेष्टरलाई जिताउन फ्रान्सका खेलाडी पल पोग्बाले २ गोल गरे । त्यसैगरी एन्थोनी मार्सियल र जेसी लिङगार्डले १–१ गोल गरे ।
पूर्व म्यानचेष्टरकै खेलाडी रविन भान पर्सीले सान्त्वना गोल फर्काए ।
यो जितले भने फुटबलका ग्ल्यामर म्यानेजर म्यानचेष्टर युनाइटेडका जोजे मौरिन्होको अनुहारमा खुशी छाएको छ ।
यही समूह ए कै अर्को खेलमा नेदरल्याण्ड्सको फेयनुर्डले युक्रेनको जोर्या लुहान्स्कलाई १–० ले हरायो ।
युरोपा लिगकै अर्को खेलमा ईटालीको ईन्टर मिलानले इङ्ल्यान्डको साउथह्याम्पटनलाई १–० ले हराउँदा अर्को ईटालीयन क्लव एएस रोमाले अष्ट्रिया भिएनासँग ३–३ गोलको बराबरी खेलेको छ ।
यसैगरी जर्मनीको शाल्काले रुसको क्रास्नोडारलाई १(० ले हराउँदा स्पेनको सेल्टा भिगो र नेदरल्याण्ड्सको आयाक्सले २–२ गोलको बराबरी खेलेका छन् ।