arrow

अवैध सुपारीसहित पिकअप गाडी नियन्त्रणमा 

logo
युवराज रेग्मी,
प्रकाशित २०८० साउन १७ बुधबार
illegal-nuts-2080-04-17.jpg

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं १३ चारआली चोकस्थित प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ८९६७ नम्बरको पिकअप गाडीलाई शंका लागि चेकजाँच गर्दा भीसीटीएस बिल नभएको ६१ अनुमानित मूल्य रु १०लाख ८३ हजार बराबरको सुपारी बरामद  गरेको छ ।

 सुपारीसहित लोड भएको पिकअप गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  सुपारी सहितको पिकअप गाडी र उक्त पिकअप गाडी चालक जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं ७ बस्ने वर्ष १९ का आकाश धिमाललाईसमेत  नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरी बुझाइएको प्रहरीले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ