arrow

डडेल्धुरामा आँखा पाक्ने रोगका बिरामी बढे

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० साउन १८ बिहिबार
eye-checkup-2080.jpg

डडेल्धुरा । डडेल्धुरामा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन् । पछिल्लो दुई साता यता आँखा पाक्ने समस्या लिएर अस्पतालमा आउने विरामीको संख्या बढेको डडेल्धुरा आँखा अस्पातालले जनाएको छ ।

उक्त आँखा अस्पातालमा दैनिक ६० भन्दा बढी बिरामी आउने गरेकोमा झण्डै आधा बिरामी आँखा पाक्ने रोगका आउने गरेको अस्पालका नेत्र रोग विशेषज्ञ डा. मुकेश पाण्डेयले बताए । उनका अनुसार यो सिजनमा एडिना भाइरसका कारण भाइरल इन्फेक्सन भएर यो रोगको संक्रमण फैलिरहेको हो ।

प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ । अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि डडेल्धुरा आँखा अस्पताल लगायत अन्य सरकारी तथा निजी अस्पताल तथा क्लिनिकहरुमा बिरामीको चाप बढेको छ ।

संक्रमणका कारण आँखा रातो हुने बिझाउने, घाममा हेर्न अफ्ठ्यारो हुने लक्षण देखिने र यो सञ्चो हुन केही दिन लाग्ने डाक्टरहरु बताउँछन । यो भाइरल संक्रमणले आँखाको नानी नै असर पार्ने र दृष्टि गुम्न सक्ने खतरा भएकाले त्यस्तो लक्षण देखिने बित्तिकै अस्पतालमा आउन चिकित्सकले आग्रह गरेका छन् । 

त्यसैबीच अस्पतालले विशेषज्ञ सेवा सुरु गरेसँगै अन्य बिरामीहरु पनि बढेका छन् । अस्पतालले आँखासम्बन्धी विभिन्न उपकरणहरु ल्याएर सेवा दिन शुरु गरेपछि विशेषज्ञ सेवा लिनेहरु पनि बढेको अस्पतालले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ