arrow

चितुवाको छालासहित दुई जना पक्राउ 

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०८० साउन १९ शुक्रबार
badhkochala-arrest.jpg

पुनर्वास । कैलालीको धनगढीबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । धनगढीको बोराडाँडीमा रहेको न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट एक थान चितुवाको छालासहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १२ का गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका ७ का बामदेव जोशीलाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए । 

 नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ