arrow

कैदीबन्दीको सरुवाको विषयलाई लिएर झडप, कारागारमा आगजनी

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० साउन १९ शुक्रबार
fire-jail-jhapa-2080.jpg

झापा । झापाको जिल्ला कारागार चन्द्रगढीमा आगजनी भएको छ । कैदीबन्दीको सरुवाको विषयलाई लिएर भएको झडप पश्चात् कारागारमा आगलागीसमेत भएको छ ।

 कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रिएको जानकारी प्राप्त भएको छ ।

 कैदीबन्दीहरुको सरुवाको विषयमा भएको झडप पश्चात् जेलभित्रबाट धुवाँको मुस्लो बाहिर निस्किरहेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छ्न् । 

साथै कैदीबन्दीहरुले प्रहरी प्रशासनविरुद्ध चर्का नाराबाजी समेत गरिरहेको जानकारी प्राप्त भएको छ ।

हाल आगलागी नियन्त्रणका लागि भद्रपुर, मेचीनगर र विर्तामोडको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्यामा सुरक्षाकर्मीहरु  कारागार बाहिर तैनाथ गरिएको छ ।

 

कैदीबन्दीहरुले प्रहरीलाई कारागार भित्रैबाट ढुंगा प्रहार गरिरहेका छन् ।

बिहान ११ बजेदेखि भएको विवाद हाल साम्य भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले बताए ।

प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख र जेलका प्रतिनिधिहरु बसेर सरुवा गर्नुपर्नेलाई सरुवा गर्ने र सरुवा गर्न नहुनेलाई नगर्ने सहमति बनेपछि जेलमा आन्दोलनमा रहेका सबै कैदीबन्दीहरु हाललाई खाना खान गएको प्रहरी प्रवक्ता रिजालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ