arrow

कान्ति बाल अस्पतालमा शैय्या अभाव (भिडियो)

एउटै बेडमा तीन जनासम्मको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
kanti-bal.JPG

काठमाडौं ।  कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् । बालबालिकाहरूको रेफरल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ । 

यस्तै, बालबालिकाहरूको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ । अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरू चाप छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पर्याप्त शैय्या नहुँदा उपचारमा अप्ठ्यारो भएको जानकारी दिए ।

उनले एउटा बेडमा दुईदेखि जना तीन जनासम्मलाई उपचार गर्नुपर्ने बाध्यता रहेको बताए ।  अस्पतालमा ३३० शैय्या छ । अस्पतालमा पर्याप्त शैय्या नहुँदा एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति रहेको बताए । उनले नर्सिङ जनशक्तिको पनि अभाव रहेको जानकारी दिए । 

डा.बसौलाले गत आर्थिक वर्षमा २ लाख बालबालिकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झन्डै नौ सय जना उपचारका लागि आउने गरेको बताए ।

डा.बसौलाले अस्पतालमा एक जना नर्सले ६ देखि ८ जना बिरामीलाई सेवा पुर्‍याउनुपर्ने अवस्था रहेको बताए । उनले कहिलेकाहीँ दुई जना नर्सले पूरै वार्ड हेर्नुपर्ने अवस्था आउने गरेको भन्दै कम्तीमा पनि पाँच सय जनाको हाराहारीमा नर्सिङ जनशक्ति चाहिने बताए । हाल अस्पतालमा दुई सय जना नर्स कार्यरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ