arrow

कम्युनिटी शिल्डको उपाधि आर्सनललाई, म्यानसिटी पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
community-shield-2023-arsenal.jpg

काठमाडौँ । इङ्लिश कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि आर्सनलले जितेको छ । आइतबार राति भएको फाइनलमा म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो । 

सिटी टाइब्रेकरमा ४–१ ले पराजित भयो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

खेलको ७७ औं मिनेटमा कोल पामरले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम मिनेटमा आर्सनलका लिएन्ड्रो ट्रासार्डले गोल गर्दै बराबरी गरेका थिए । 

जित सहित आर्सनलले यस सिजनको प्रिमियर लिगको उपाधिमा बलियो दावेदारी दिएको छ । गत सिजन भने आर्सनलका लागि दुर्भाग्यपूर्ण नै रह्यो । लिगमा लामो समय शीर्ष स्थानमा रहेर पनि आर्सनलले उपाधि भने जित्न सकेन । 

आर्सनल २४८ दिन प्रिमियर लिगको तालिकामा शीर्ष स्थानमा रहेको थियो । तर अन्तिममा उपाधि सिटीले जितेको थियो । 

प्रिमियर लिगको नयाँ सिजन अगस्त ११ तारिख राति अर्थात् शुक्रबार राति १२ः४५ बजेदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा बर्नली र म्यानचेस्टर सिटी खेल्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ