arrow

दैलेखी यूवाहरु खेलकुदमा आर्कर्षित

प्रतियोगीतामा ठुलो राशीको पुरस्कार

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
dhailekh-uba.jpeg
दैलेख । खेलकुदको विकासले पनि नेपालको विकास सम्भव रहेको भन्दै दैलेखी युवाहरुको समुह दैलेखी यूथले जिल्ला स्तरिय खेलकुद प्रतियोगीता संचालन गरेको छ । फुटवल, भलिवल, ब्याडमेण्टन र टेवुल टेनीस गरि जम्मा चारवटा खेल राखिएको प्रतियोगीतामा महिला भलिवल पनि समावेश गरीएको छ । 
 
ठुलो पुरस्कार राखिएको दैलेखी यूथ तेश्रो खेलकुद प्रतियोगिता राखेको हो । फुटवलमा ७५ हजार, भलिवलमा ६३ हजार , ब्याडमेण्टन १५ हजार  र टेवुल टेनिसमा  ७ हजार ५सय पुरस्कार राखिएको छ । जिल्ला भन्दा वाहिर गएर अध्ययन गर्ने दैलेखी युवाहरुले जिल्लामा रहेको युवाहरुलाई खेलको माध्यमबाट जिल्लालाई परिचित वनाउनुका साथै खेलकुदको विकासमा अगाडि वढ्ने लक्ष्यका साथ लागेको दैलेखी युथका अध्यक्ष प्रेम वहादुर शाहीले वताउनु भयो । फुटवलमा १३ , भलिवलमा ८, ब्याडमेण्टनमा ११ र टेवुल टेनीसमा २५ टिम ले सहभागीता देखाएका छन । खेल यहि आश्विन १० गते समापन हुने दैलेखी यूथले जनाएको छ ।
 
जिल्लामा दशै र तिहारको विचमा आफ्नो घरपरिवार संग भेटघाट हुने साथीसवैको जमघट हुने समयलाई मध्यनजर गरेर खाली वसेर दिन विताउदा विभिन्न खालका नकारात्मक घटना घटन सक्ने भएकाले पनि खेलकुदको माध्यमबाट सवै यूवाहरुलाई एक वनाउनु लागेको आयोजकले जनाएको छ । दैलेख जिल्लामा हाल सम्मको सवै भन्दा वढि पुरस्कार राशी रहेको दैलेखी यूथ तेश्रो खेलकुद प्रतियोगीतामा जिल्ला भरिका युवाहरुको ठुलो सहभागीता रहेको छ ।
 
 दैलेख सदरमुकाममा चाडवर्पको समयमा निकैनै उत्साहका साथ यूवाहरु खेलप्रति आर्कषित भई खेलकुदको विकासमा लागेको देखेर राजनैतिक दलका नेताहरु समेत युवाहरुको जोसजागर र सदभावपुर्ण राखिएको खेलको प्रशंसा गरेको पाईन्छ । पछिल्लो समयमा जिल्ला खेलकुद विकास समितिमा खेलाडि समेत रहेको तिर्थनारायण श्रेष्ठ अध्यक्ष भएपछि जिल्लामा खेलकुदले निकैनै फड्को मारेको पाईन्छ । 
 
दैलेख सदरमुकाममा मात्र वर्षको एक पटक संचालन हुने गरेको खेलकुद अहिले जिल्लाको विभिन्न स्थानमा प्रतियोगीता गराएर खेलाडि छनौट गर्ने गरेको जिल्ला खेलकुद विकास समितका अध्यक्ष तिर्थनारायण श्रेष्ठले जानकारी दिए। हाल भईरहेको दैलेखी यूथ तेश्रो खेलकुट प्रतियोगीता मा युवाहरुले आफुले चासो दिएर प्रतियोगीता संचालन गरेको मा खुशी हुदै श्रेष्ठले जिल्लाको खेलकुदको विकासमा सदैव आफु लागिरहने वताए ।
 
जिल्लामा भईरहने खेलकुदलाई ब्यवस्थित संग संचालन गर्नका दैलेखमा हाल सम्म पनि कर्वड हल र प्रयाप्त मात्रामा खेलमैदान छैन यस तर्फ सवैपक्षको ध्यान गएर खेलकुदको विकासकालागि आवश्यक पुर्वाधार मा लाग्नु पर्ने देखिन्छ ।
 



नयाँ